यू–१६ राष्ट्रिय विद्यालय बास्केटबल असोज ५ देखि

  • Image नेप्लेज
  • ४ आश्विन २०८३, आइतवार
  • 50 पटक हेरिएको
यू–१६ राष्ट्रिय विद्यालय बास्केटबल असोज ५ देखि

काठमाडौं । नेपाल बास्केटबल संघ, नेपाललय इन्टरनेशनल र प्याब्सनको संयुक्त आयोजनामा यू–१६ राष्ट्रिय अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुने भएको छ।

प्रतियोगिता असोज ५ देखि १३ गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हल, दशरथ रंगशालामा सञ्चालन हुनेछ। प्रतियोगितामा देशभरबाट ४० टोलीको सहभागिता रहने आयोजकले जनाएको छ।

विद्यालय तहबाट बास्केटबल प्रतिभा पहिचान तथा विकास गर्ने उद्देश्यले आयोजना हुने प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी थप प्रशिक्षण र मूल्याङ्कनमा समेटिने जनाइएको छ।

प्रतियोगिताबाट पहिचान भएका प्रतिभावान खेलाडी समेटेर यू–१६ राष्ट्रिय टोली निर्माण गरी आगामी दक्षिण एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गराउने लक्ष्यसमेत आयोजकले लिएको छ।