२० औं एसियन गेम्स २०२६ : करातेमा एरिका पदकविहीन

  • Image नेप्लेज
  • ४ आश्विन २०८३, आइतवार
  • 891 पटक हेरिएको
२० औं एसियन गेम्स २०२६ : करातेमा एरिका पदकविहीन

काठमाडौं । २० औं एसियन गेम्स २०२६ अन्तर्गत करातेमा नेपालकी एरिका गुरुङ पदकविहीन बनेकी छन्।

कुमुते विधाको ६८ केजीमाथिको कास्य पदकको लागि भएको खेलमा एरिका साउदी अरेबीयाकी दिना अहमद मुस्तफासँग ८–७ ले पराजित भएकी हुन्।

सेमिफाइनल खेलमा एरिका काजकिस्तानकी सोफिया बेरुत्सेभासँग २–१ ले पराजित भएकी हुन्।

उनले क्वाटरफाइनलमा जोर्डनकी यारा नसिरलाई ७–१ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेकी थिइन्।

१९ औं एसियन गेम्समा उनी फाइनलमा पराजित हुँदा रजत पदक जितेकी थिइन्।