अल हिलालको विजयी सुरुआत

  • Image नेप्लेज
  • ३१ भदौ २०८३, बुधवार
  • 101 पटक हेरिएको
अल हिलालको विजयी सुरुआत

काठमाडौं। एएफसी च्याम्पियन्स लिग एलिटको पश्चिम क्षेत्रअन्तर्गत अल हिलालले अल घाराफामाथि २–१ को जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

रियादस्थित किङडम एरिनामा भएको खेलमा अल हिलालका लागि रुबेन नेभेसले पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गरेका थिए। ७२औँ मिनेटमा सर्जी मिलिन्कोभिच–साभिचले गोल गर्दै अल हिलालको अग्रता २–० बनाए।

अल घाराफाका लागि इन्जुरी समयको दोस्रो मिनेटमा अलाउद्दिन हसनले गोल गरे पनि त्यसपछि थप गोल हुन नसक्दा अल हिलाल २–१ ले विजयी भयो।

जितसँगै अल हिलालले पश्चिम क्षेत्रमा ३ अंक जोडेको छ भने अल घाराफाले पहिलो खेलबाट अंक जोड्न सकेन।