२० औं एसियन गेम्स : महिला भलिबलमा नेपालले किर्गिस्तानलाई हरायो

  • Image नेप्लेज
  • ४ आश्विन २०८३, आइतवार
  • 48 पटक हेरिएको
२० औं एसियन गेम्स : महिला भलिबलमा नेपालले किर्गिस्तानलाई हरायो

काठमाडौं । २० औं एसियन गेम्स अन्तर्गत महिला भलिबलमा समूह चरणबाट बाहिरिएका टोलीहरुबिच भएको वरियताको खेलमा नेपालले किर्गिस्तानलाई पराजित गरेको छ।

नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजिनत गरेको हो। नेपालले किर्गिस्तानलाई २५–२०, २५–१६ र २५–२० ले हराएको हो ।

जापानको आइची नागोयामा भइरहेको २० औं एसियन गेम्समा नेपाल समूह ‘ए’ मा रहेर प्रतिस्पर्धा गरेको थियो। जसमा समूह चरणमा जापान र इन्डोनेसियासँग पराजित भएको थियो।

नेपालले अब ९ देखि १४ औं स्थानका लागि हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।