लिग २ः ईशानको लगातार दोस्रो अर्धशतक

  • Image नेप्लेज
  • ८ जेठ २०८३, शुक्रवार
  • 4206 पटक हेरिएको
लिग २ः ईशानको लगातार दोस्रो अर्धशतक

काठमाडौं। ईशान पाण्डेले अमेरिकाविरुद्ध अर्धशतक प्रहार गरेका छन्।

विश्वकप लिग २ अन्तर्गत जारी खेलमा उनले ६१ बलमा अर्धशतक बनाएका हुन्।

एकदिवसीयमा उनको यो दोस्रो अर्धशतक हो। उनले यसअघिको स्कटल्याण्डविरुद्धको खेलमा पनि अर्धशतक बनाएका थिए।

त्यसअघि अमेरिकासँगको खेलमै डेब्यु गरेका उनी उक्त खेलमा २० रनमा अविजित रहेका थिए।