बंगलादेशका विश्वप्रसिद्ध अलराउन्डर शाकिब अल हसन नेपाल आइपुगे

  • Image नेप्लेज
  • ८ कार्तिक २०८३, आइतवार
  • 76 पटक हेरिएको
बंगलादेशका विश्वप्रसिद्ध अलराउन्डर शाकिब अल हसन नेपाल आइपुगे

हाइलाइट्स

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा पोखरा एभेन्जर्समा अनुबन्ध भएका बंगलादेशी विश्वप्रसिद्ध क्रिकेटर शाकिब अल हसन नेपाल आइपुगेका छन् ।

    उनी आइतबार काठमाडौं आइपुगेका हुन् । विश्व क्रिकेटका सर्वकालीन उत्कृष्ट अलराउन्डरमध्ये एक मानिने शाकिब अल हसनले अन्तर्राष्ट्रिय क्रिकेटमा लामो समयदेखि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

    उनको अनुभव, नेतृत्व क्षमता र खेल जिताउने प्रदर्शनले पोखरा एभेन्जर्सको टोलीलाई थप मजबुत बनाउने विश्वास क्लबले लिएको छ । ४० वर्षीय शाकिब अल हसन विश्वभरका ३० भन्दा बढी फ्रेन्चाइज टोलीहरूबाट खेलिसकेका अनुभवी खेलाडी हुन्।

    बंगलादेशका पूर्व कप्तानसमेत रहेका उनले १२९ टी–२० अन्तर्राष्ट्रिय खेलमा २,५५१ रनबनाउनुका साथै १४९ विकेट लिएका छन्। यस्तै, सबैखाले टी–२० क्रिकेटमा उनले ४७८ खेल खेल्दै ७,८५३ रनबनाएका छन् भने ५१५ विकेटसमेत आफ्नो नाममा दर्ज गरेका छन् ।

    उनको यो समृद्ध अनुभवले पोखरा एभेन्जर्सलाई थप बलियो बनाउने विश्वास गरिएको छ । इन्डियन प्रिमियर लिग (आइपीएल) देखि विश्वका विभिन्न लिगको अनुभव हासिल गरिसकेका शकिबको आगमनले पोखराको टिम बलियो बनेको र पोखरा एभेन्जर्सको उपाधि जित्ने लक्ष्यलाई थप मजबुत बनाएको छ ।

    साथै, नेपाली क्रिकेट समर्थकहरूलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडीको खेल प्रत्यक्ष रूपमा हेर्ने अवसर प्रदान गर्ने क्लबको प्रतिबद्धतालाई पनि यस अनुबन्धले थप सशक्त बनाएको छ ।

    पोखरा एभेन्जर्सका महाप्रबन्धक अमित लोहानीले शाकिब अल हसनजस्ता विश्वस्तरीय खेलाडीलाई पोखरा एभेन्जर्स परिवारमा स्वागत गर्न पाउँदा हामी अत्यन्त उत्साहित रहेको बताए । ‘उहाँको अनुभव, व्यावसायिकता र उत्कृष्ट अलराउन्ड प्रदर्शनले हाम्रो टोलीलाई मैदानभित्र मात्र होइन, मैदानबाहिर पनि प्रेरणा दिनेछ। उहाँको आगमनले हाम्रो टोलीलाई थप प्रतिस्पर्धी बनाउनुका साथै नेपाल प्रिमियर लिगको आकर्षण पनि नयाँ उचाइमा पुर्‍याउने विश्वास लिएका छौं। आगामी सिजनमा उहाँसँग मिलेर उत्कृष्ट नतिजा हासिल गर्ने अपेक्षा गरेका छौं।’

    एनपीएल सिजन ३ का लागि पोखरा एभेन्जर्सले शकिबसँगै बंगलादेशका महेदी हशन र मोहम्मद सैफुद्दिन तथा श्रीलंका धनन्जय लक्षण र चामिका करुणारत्नेलाई अनुबन्ध गर्दै टिम बलियो बनाएको छ ।

    पोखराले मार्की खेलाडी कुशल भुर्तेलसहित सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना, दिनेश खरेललाई रिटेन गरेको थियो भने विवेक राना मगर, सुदीप आर्याल, सन्नी बीके, विपिन आचार्य तथा प्रतीक पोखरेललाई अक्सनमार्फत टोलीमा आबद्ध गरेको छ । य

    स्तै यस पटक श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा मिस्ट्री स्पीनरको रुपमा परिचित अजन्था मेन्डिस पोखराको मुख्य प्रशिक्षकको भूमिकामा छन् ।


    #क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ #टी-ट्वान्टी