सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दोमा प्रस्तुत र दीक्षालाई स्वर्ण

  • Image नेप्लेज
  • १४ कार्तिक २०८३, शनिवार
  • 84 पटक हेरिएको
सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दोमा प्रस्तुत र दीक्षालाई स्वर्ण

चितवनको न्यु स्टार तेक्वान्दो डोजाङका प्रस्तुत आचार्यले प्रथम सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा ग्योरोगीमा स्वर्ण पदक जितेका छन् ।

चितवनस्थित रत्ननगर नगरपालिकामा शनिबार भएको च्याम्पियनसिपमा प्रस्तुतले ग्योरोगीतर्फ क्याडेट पुरुष ३३ केजी तौलसमूहमा स्वर्ण पदक जितेका हुन् र

उनले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै अस्मिन थताललाई हराए । यसै तौल समूहमा सुभाष शाही ठकुरी र आदर्श भण्डारीले संयुक्त रूपमा कांस्य पदक जिते । नेपालकै करण धोलीले पनि ग्योरोगीमा स्वर्ण पदक जितेका छन् ।

सिनियर पुरुष ५४ केजी तौल समूहमा करणले नेपालकै अंकित अंकित साहानीलाई हराउँदै स्वर्ण जिते । अंकितले पहिलो खेलमा भारतका असिफ हुसेन र सेमिफाइनलमा बोनका राउतलाई हराएका थिए । करणले बंगलादेशका मोहम्मद साहिन अली र नेपालकै अजय घर्तीलाई हराउँदै फाइनलमा यात्रा तय गरेका हुन् । फाइनलमा पनि उनी हाबी भए । यसै विधामा अजय घर्ति र रोनक राउत तेस्रो भए । सब जुनियर महिला यु–२६ केजी तौलसमूहमा आयोजकका साहिल मन्सुरले नेपालकै अभिमन्यु गजुरेललाई हराउँदै स्वर्ण जिते ।

यसै विधामा भारतका अर्ष सोफियन कुरेस र नेपालका सुर्यान्सजंग न्यौपाने कांस्य जित्न सफल भए । सब जुनियर महिला २५ केजीमा दीपान्सी बायादीले स्वर्ण जितिन् । उनले फाइनलमा सार्वाना क्षेत्रीलाई हराइन् । यस तौलमा आत्मिका लिम्बू र चिरागी बस्याल कांस्य पदकमा नै सीमित भए । पुरुष सिनियर ५८ केजीमा नेपालका राजन लामाले स्वर्ण जिते । उनले फाइनलमा नेपालकै मोहमेद हुसेलाई हराए । यस विधामा नेपालकै कमल खड्का र अन्सुल परियारले कांस्य पदक पाए । सब जुनियर पुरुष २८ केजी तौलमा नेपालका सुप्रिम गुरुङले फाइनलमा नेपालकै सलिन अधिकारीलाई हराए ।

पुरुष ५८ केजी तौलसमूहमा नेपालका मोहम्मद हुसेनले स्वर्ण जिते । उनले फाइनलमा रोजन लामालाई हराए । महिला ४६ केजीमुनि नेपालकी दीक्षा तामाङले स्वर्ण जितिन् । उनले स्वर्णको प्रतिस्पर्धामा नेपालकै रस्मिका गुरुङलाई हराइन् । यस तौलमा प्रकृति मल्ल र अञ्जली चौधरी स्वर्ण जिते । पुरुष पुम्से (१०–११ वर्षको समूह) कियानराज कटुवालले स्वर्ण, समर्थ केसी रजत तथा श्रवण गुरुङ र रयान अर्यालले कांस्य जिते । कियानले ६.९९ अंक र समर्थले ६.७१६ अंक ल्याए । यसै उमेरसमूहको महिलामा बितिशा तामाङले स्वर्ण जितिन् । उनले सर्वाधिक ७.३४ अंक ल्याइन । एरिक न्यौपानेले ६.९३३ अंक प्राप्त गर्दै रजत जितिन् ।

यसै विधामा राज्बी श्रेष्ठ र मालाश्री महर्जनले कांस्य जिते । १४ देखि १४ वर्ष उमेरसमूहको पुम्सेमा नेपालकी रेवा काफ्लेले स्वर्ण र मुना थापाले रजत पदक जितिन् । रेवाले ६.९६६ र मुनाले ६.५९ अंक ल्याए । पुरुष १५ देखि १७ वर्ष उमेरसमूहमा बिसु राईले स्वर्ण, सचिन विकले रजत जित्दा अस्बिन लामा र शान केसीले कांस्य पदक जितेको आयोजक चितवन जिल्ला तेक्वान्दो डोजाङका प्रमुख रोशन खानले जानकारी दिए । च्याम्पियनसिपमा पुम्से र ग्योरोगी विधाअन्तर्गत विभिन्न उमेर तथा तौलसमूहमा प्रतिस्पर्धा हुँदैछ । नेपालसहित भारत, माल्दिभ्स, मलेसिया, अस्ट्रेलिया, बंगलादेश, सिंगापुर, साउदी अरेबिया र जापानलगायतका करिब आठ सय खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काले जानकारी दिए ।

टिम च्याम्पियनले ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार र तेस्रो हुने टोलीले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताका संयोजक प्रज्वल दवाडीले ग्यरोगीतर्पm सब जुनियर (९–११ वर्ष), क्याडेट (१२–१४ वर्ष), जुनियर (१५–१७ वर्ष) र सिनियर (१८ वर्षमाथि) तथा पुम्सेमा गरी कुल ६४ स्वर्ण, ६४ रजत र १२८ कांस्य पदकका लागि प्रतिस्पर्धा हुने बताए । प्रतियोगिताका अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काले उत्कृष्ट पुम्से पुरुष, उत्कृष्ट पुम्से महिला, उत्कृष्ट ग्योरोगी पुरुष, उत्कृष्ट ग्योरोगी महिला, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट रेफ्रीलाई जनही १०० अमेरिकी डलर पुरस्कार प्रदान गरिने जानकारी दिए ।