काठमाडौं : २०औं एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाल आयोजक जापानसँग पराजति भएको छ ।
नेपाली महिला टोली आयोजक जापानसँग सोझो सेटमा पराजित भएको हो । जापानले नेपाललाई २५–८, २५–१२ र २५–११ स्कोरले हराएको हो ।
नेपाली महिला भलिबल टोलीको एसियाली खेलकुदमा यो दोस्रो सहभागिता हो । गत संस्करणमा नेपाल पहिलो पटक सहभागी भएको थियो । नेपालले अब अर्को खेल इन्डोनेसियासँग खेल्ने छ ।
जापानको नागोयामा भइरहेको २०औं एसियाली खेलकुदको औपचारिक सुरुवात हुन ३ दिन बाँकी रहे पनि लामो समयसम्म चल्ने केही खेलका लिग चरणको खेल भने सुरु भइसकेको छ । नेपालले एसियाली खेलकुदमा २१ खेलमा सहभागिता जनाउँदै छ ।