बंगलादेशसँगको खेलमा घाइते भएकी डिफेन्डर विमला विकको शल्यक्रिया गर्नुपर्ने

  • Image नेप्लेज
  • २१ जेठ २०८३, बिहिवार
  • 2937 पटक हेरिएको
बंगलादेशसँगको खेलमा घाइते भएकी डिफेन्डर विमला विकको शल्यक्रिया गर्नुपर्ने

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा बंगलादेशविरुद्ध घाइते भएकी डिफेन्डर विमला विकलाई शल्यक्रिया आवश्यक गर्नु पर्ने भएको छ ।

खेल सक्ने वित्तिकै उनलाई गोवाको भिक्टोर अस्पताल लगिएको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता तथा नेपाली टिमका फ्रमुख सुरेश शाहका अनुसार त्यहाँको चिकित्सकले शल्यक्रिया आवश्यकता रहेको बताएको हो ।

शल्यत्रिया भने बिहीबार मात्र हुनेछ । तर यसका लागि एसियाली फुटबल महासंघ (एएफसी) का चिकित्सकसँग थप छलफल गरिनेछ ।

भिक्टोर अस्पतालका चिकित्सका अनुसार विमलाको नाकको एउटा हड्डी र नली भाँच्चिएको छ ।