काठमाडाैं। यूईएफए च्याम्पियन्स लिगअन्तर्गत लिग चरणको खेलमा जर्मन महारथी बायर्न म्युनिखले स्पेनिस टोली एट्लेटिको मड्रिडलाई २–० गोलले पराजित गरेको छ।
एट्लेटिकोको घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लेनार्ट कार्ल र कोनराड लाइमरले गोल गरे। कार्लले खेलको ५४औँ मिनेटमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए। त्यसपछि ७४औँ मिनेटमा लाइमरले गोल थप्दै टोलीको जित सुनिश्चित गरे।
यस जितसँगै बायर्नले लिग चरणका चार खेलबाट ८ अंक जोडेको छ। पराजित एट्लेटिकोको भने चार खेलबाट ४ अंक रहेको छ।