काठमाडौं । रोयल च्यालेन्जर्स बेंग्लुरु (आरसीबी) ले इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटको उपाधि रक्षा गरेको छ । गत संस्करण पनि उपाधि जितेको आरसीबीले आइतबार भएको फाइनलमा गुजराजत टाइटन्सलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
१५६ रनको लक्ष्य पछ्याएको आरसीवीले १८ ओभरमा ५ विकेट गुमाएर जित पक्का गरेको हो । आरसीबीलाई लगातार दोस्रो पटक उपाधि जिताउने क्रममा स्टार खेलाडी विराट कोहीलले उत्कृष्ट अर्धशतकीय पारि खेले ।
उनले ४२ बलमा ९ चौका र ३ छक्काको मद्दतले ७५ रनको नटआउट पारि खेले ।
यसैगरी वेंकटेश ऐय्यरले १६ बलमा ३२ रनको पारि खेल्दा २ छक्का र ४ चौका प्रहार गरे ।
त्यस्तै, देवदत्त पड्किल १ रनमा पभेलियन फर्किँदा कप्तान रजत पाटिदारले १५ रनको पारि खेलेर विदा भए । कुर्णाल पाण्ड्या १ रनमा आउट हुँदा टिम डेभिडले २४ रनको पारि खेले ।
गुजरातका राशिद खानले २ विकेट लिँदा कागिसो रबाडा, अर्सद खान र मोहमद सिराजले एक एक विकेट लिए ।
टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५५ रन मात्र बनाउन सक्यो ।
गुजरातको सुरुवात निकै कमजोर रह्यो । ओपनर शुभमन गिल मात्र १० रनमा जोस हेजलवुडको शिकार बने भने अर्का ओपनर साई सुदर्शन १२ रन बनाएर भुवनेश्वर कुमारको बलमा आउट भए । त्यसपछि ब्याटिङमा आएका निशान्त सिन्धु (२०) र जस बटलर (१९) ले इनिङ्स सम्हाल्ने प्रयास गरे पनि ठूलो स्कोर खडा गर्न सकेनन् ।
१५ वर्षीय वैभव सूर्यवंशीले रचे इतिहास: आईपीएल २०२६ मा ओरेन्ज क्याप जित्ने सबैभन्दा कान्छा खेलाडी
९९ रन जोड्दा ५ विकेट गुमाएर संकटमा परेको गुजरातका लागि वासिङ्टन सुन्दरले उत्कृष्ट इनिङ्स खेले । सुन्दरले ३७ बलमा ५ चौका प्रहार गर्दै अविजित ५० रनको योगदान दिए । उनको यही अर्धशतकको मद्दतले गुजरातले सम्मानजनक योगफल तयार पारेको हो । तल्लो क्रममा अर्षद खानले १५, राहुल तेवाटियाले ७ र जेसन होल्डरले ७ रन जोडे ।
आरसीबीका बलरहरूले कसिलो बलिङ गर्दै गुजरातका ब्याटरहरूलाई दबाबमा राखे । बेंगलोरका लागि रसिख सलामले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २७ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए । त्यस्तै, अनुभवी तीव्र बलर जोस हेजलवुड र भुवनेश्वर कुमारले समान २–२ विकेट चट्काए । कुणाल पाण्ड्याको नाममा १ विकेट रह्यो ।