दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानको खराब प्रदर्शन

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१३
  • |
  • 324 पटक हेरिएको

समूह चरणदेखि सुपर ८ सम्म उत्कृष्ट प्रदर्शन गरेको अफगानस्तिानले सेमिफाइनलमा भने खराब प्रदर्शन गरेको छ । आइसीसी टी–२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा अफगानिस्तान र दक्षिण अफ्रिकाबीचको खेल जारी छ । वेस्टइन्डिजमा जारी खेल अन्तर्गत टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले पावर प्लेभित्र ५ विकेट गुमाइसकेको छ । 

अफगानिस्तानका रमनुल्लाह गुर्वाज खाता नै नखोलेर आउट भएका थिए । त्यसलगत्तै गुलबद्दिन नइब ९ रन बनाएर आउट हुँदा अफगानिस्तानले १६ रनको स्कोरमा २ विकेट गुमाउन पुग्यो । तेस्रो विकेटको रुपमा ओपनर इब्राहिम जर्दानलाई गुमायो । जर्दान २ रन बनाएर आउट हुँदा अफगानिस्तानले २० रन बनाएको थियो ।

सोही स्कोरमा मोहमद नावी खाता नखोलेर आउट भए । २३ रनको स्कोरमा अफगानिस्तानले पाँचौं विकेट गुमाएको हो । अफगानिस्तानका नानगेलिया खरोटे २ रन बनाएर आउट भए । पावर प्लेको समाप्तीमा अफगानिस्तानले ५ विकेट गुमाएर २८ रन बनाएको छ । 

दक्षिण अफ्रिकाका मार्को जेनसेनले ३ ओभरमा १६ रन खर्चिएर ३ विकेट लिँदा कागिसो रबाडाले २ ओभर बलिङ गर्दा १ ओभर मेडन राखेर ५ रन खर्चिदै २ विकेट लिइसकेका छन् ।

अफगानिस्तानको पारि अघि बढाउन अज्मतुल्लाह ओमरजाइ र करिम जन्नत क्रिजमा छन् ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey