महिला आईपीएलमा दिल्ली शीर्ष स्थानमा उक्लियो

  • Image नेप्लेज
  • ७ चैत्र २०७९, मङ्गलवार
  • 519 पटक हेरिएको
महिला आईपीएलमा दिल्ली शीर्ष स्थानमा उक्लियो

महिला संस्करणको वुमन्स प्रिमियर लिग अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईको डीवाई पाटिल स्टेडियममा भएको खेलमा दिल्लीले टस जितेर बलिङ रोजेको थियो । मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०९ रन बनाएको थियो । जवाफमा दिल्लीले ९ ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

दिल्लीका लागि शेफाली वर्माले ३३ रन बनाइन् । मेग ल्यानिङ ३२ र एलिस क्याप्सी ३८ रनमा अविजित रहिन् । मुम्बईका हेली म्याथ्युजले एक विकेट लिइन् ।

मुम्बईविरुद्धको ठूलो जितसँगै दिल्लीको टोली १० अंकसहित अंक तालिकाको पहिलो स्थानमा पुगेको छ । मुम्बई १० अंकसहित दोस्रो स्थानमा छ । दिल्लीको रन रेट १.९८ र मुम्बईको १.७३, त्यसैले दिल्ली शीर्ष स्थानमा छ । दिल्लीको अन्तिम खेल यूपीसँग र मुम्बईले बेंगलुरुसँग खेल्नेछ ।

Meg Lanning is ecstatic after the win, Mumbai Indians vs Delhi Capitals, Women's Premier League 2023, DY Patil Stadium, Mumbai, March 20, 2023

युपी वारियर्स ७ खेलमा ४ जित निकाल्दै ८ अंकसहित तेस्रो स्थानमा छ । बेंगलुरु र गुजरातका टोली प्लेअफको दौडबाट बाहिरिएका छन् । अंक तालिकामा पहिलो हुने टोली फाइनलमा पुग्ने छ । दोस्रो र तेस्रो स्थानमा रहेका टोलीहरू बीच एलिमिनेटर हुनेछ, जसको विजेताले फाइनल खेल्नेछ।

११० रनको लक्ष्य पछ्याउने क्रममा मेग लानिङ र शेफाली वर्माले दिल्ली क्यापिटल्सलाई राम्रो सुरुवात दिलाए । दुवैले ४ ओभरमा ५० रन बनाएका थिए । शेफाली पाँचौं ओभरमा ३३ रन बनाएर आउट भइन् । त्यतिबेला एक विकेट गुमाएर ६७ रन बनाएको थियो ।

मुम्बईकी पूजा वस्त्रकारले पहिलो इनिङ्समा २६ रन बनाएकी थिइन् । इजाबेल वोङ र हरमनप्रीत कौरले २३–२३ रन बनाए भने अमनजोत कौर १९ रन बनाएर रनआउट भइन् । 

दिल्लीका मारियन क्याप, जेस जोनासेन र शिखा पाण्डेले २–२ विकेट लिए । अरुन्धती रेड्डीले पनि एक विकेट लिइन् ।

Delhi Capitals players celebrate Harmanpreet Kaur's wicket, Mumbai Indians vs Delhi Capitals, WPL 2023, Navi Mumbai, March 20, 2023

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईको सुरुवात खराब रह्यो । टोलीले तेस्रो ओभरमै यास्तिका भाटिया र नताली सिभरको विकेट गुमाएको थियो । अर्को ओभरमा हेली म्याथ्युज पनि आउट भइन । ६ ओभरमा ३ विकेट गुमाएर १८ रन मात्र जोड्न सकेको थियो ।

Jemimah Rodrigues took a superb diving catch to dismiss Hayley Matthews, Mumbai Indians vs Delhi Capitals, WPL 2023, Navi Mumbai, March 20, 2023