मिसन २०२६ का खेलाडीको स्वास्थ्य परीक्षण

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१६
  • |
  • 529 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडीको आइतबार स्वास्थ्य परीक्षण गरिएको छ ।

राखेपअन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रको व्यवस्थापनमा भएको स्वास्थ्य परीक्षणमा विभिन्न ५ खेलका खेलाडी तथा प्रशिक्षक सहभागी थिए । दोश्रो चरणमा थपिएका ५ खेलका खेलाडी तथा प्रशिक्षकको पहिलोपटक स्वास्थ्य परीक्षण गरिएको हो । दोश्रो चरणमा थपिएका खेलाडीको विशेष प्रशिक्षण जेठ ७ गतेदेखि सुरु भएको थियो । ७९ जनाको इसीजी तथा ६३ जनाको आँखा परीक्षण गरिएको थियो । आँखा परीक्षणका लागि त्रिपुरेश्वरस्थित आँखा अस्पतालले सहयोग गरेको थियो ।

दोश्रो चरणमा महिला कबड्डी र भलिबल, कुस्ती, भारोत्तोलन र एथलेटिक्सलाई विशेष प्रशिक्षणमा समावेश गरी खेल संख्या १० पु¥याइएको थियो । पहिलो चरणमा कराते, तेक्वान्दो, उसु, बक्सिङ र जुडोका खेलाडी गत माघ १५ गतेदेखि सुरु विशेष प्रशिक्षणमा छन् ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey