सरितालाई स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१७
  • |
  • 561 पटक हेरिएको

काठमाडौं । पारा तथा विशेष खेलकुदअन्तर्गत भारोत्तोलनमा कोशी प्रदेशकी सरिता थुलुङले सोमबार स्वर्ण जितेकी छन्। महिला ६७ केजीमाथि सरिताले ६५ केजी भार वहन गरिन्।

बागमती प्रदेशकी संगिता लिम्बूले ४१ केजी तथा गण्डकी प्रदेशकी भावना केसीले ४० केजी तौल उठाउदै क्रमशः रजत र स्वर्ण हात पारे। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगिताको महिला ६७ केजीमुनि कोशीकी अनुकला राई पहिलो भइन्। अनुले ४२ केजी वजन उचालिन्। कोशीकै सम्झना वन दोश्रो तथा गण्डकीकी सर्मिला विश्वकर्मा तेश्रो भए। सम्झनाले ४० तथा सर्मिलाले ३६ केजी भार वहन गरे।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको ५० केजीमुनि ३४ केजी तौल उचालेकी लुम्बिनी प्रदेशकी हुमा मगरले स्वर्ण जितिन्। २५ केजी तौल उठाएकी सुदूरपश्चिमकी रोशनी थापा दोश्रो भइन्। दुईदिने प्रतियोगिताको पुरुषमा ४ र महिलामा ३ गरी ७ स्पर्धामा ४२ खेलाडीको सहभागिता रहेको राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालका अध्यक्ष टेकबहादुर गुरुङले जनाएका छन्। अन्तिम दिन मंगलबार पुरुषतर्फ ४ स्पर्धाको फाइनलमा हुनेछ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey