उरुग्वे र पानामा कोपाको क्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१८
  • |
  • 720 पटक हेरिएको

कोपा अमेरिका फुटबलमा उरुग्वे र पानामाले क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् । मंगलबार विहान भएको खेलमा उरुग्वेले अमेरिका र पानामाले बेलेभियालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका हुन् ।

उरुग्वेका स्टार खेलाडी लुईस सुवारेजविनै मैदान उत्रिएको थियो । अमेरिकाविरुद्ध पहिलो हाफ गोलरहित बराबरी खेलेको उरुग्वेले निर्णायक गोल दोस्रो हाफमा गरेको हो । ६६ औं मिनेटमा उरुग्वेका मेथिएस ओलिभेराले गोल गर्दै अग्रता दिलाएका थिए । सोही अग्रता अन्तिम समयसम्म कायमै राख्दै उरुग्वेले समूह चरणमा शतप्रतिशत जितका साथ अन्तिम ८ मा स्थान पक्का गर्न सफल भयो । उरुग्वेको तीन खेलबाट ९ अंक भएको छ । घरेलु टोली अमेरिका भने कोपाबाट बाहिरिएको छ । 

यही समूह सीबाट पानामाले अन्तिम ८ को टिकट पक्का गरेको छ । पानामाले बोलिभियालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । पानामले २२ औं मिनेटमा जोसे फाजाडोको गोलमा अग्रता लिएको थियो । ६९ औं मिनेटमा बोलिभियाले ब्रुनो मिरान्डाको गोलमा खेल बराबरी गरको थियो । 

तर, ७९ औं मिनेटमा एडुवार्डो गुरेरोले गोल गरेपछि पानामाले २–१ को अग्रता बनाएको थियो । दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा सिजर अगुस्ट एनेसले गोल गरेपछि पनामा अन्ततः ३–१ को जित पक्का गर्न सफल भयो । जितसँगै पानामा ६ अंक बनाएर दोस्रो स्थानमा रहेर अन्तिम ८ मा पुग्न सफल भएको हो ।  

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey