खेलकुदमन्त्री श्रेष्ठ र जाङ मि–रानबीच भेटवार्ता

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१७
  • |
  • 693 पटक हेरिएको

युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ र दक्षिण कोरियाको संस्कृती, खेलकुद र पर्यटन मन्त्रालयकी सेकेन्ड भाइस मिनिस्टर जाङ मि–रानबीच भेटवार्ता भएको छ।

भेटमा कोरिया र नेपालबीचको कूटनीतिक सम्बन्धको ५०औँ वार्षिकोत्सवको अवसरमा शुभकामना आदान प्रदान  गरियो । युवा तथा खेलकुद मन्त्री श्रेष्ठले नेपालको शैलुङमा बन्न लागेको हाइ अल्टिच्युट ट्रेनिङ सेन्टरको बारेमा जानकारी गराए। उनले उक्त हाइ अल्टिच्युट ट्रेनिङ सेन्टरको लागि नेपाल सरकारले बजेट छुट्टयाएको र प्राथमिकता साथ अगाडि बढाउने बताए। भाइस मिनिस्टर मि–रानले सो सेन्टरको स्थलगत भ्रमण गर्ने प्रतिबद्धता जनाइन्।

भेटमा नेपाल र कोरियाको संस्कृतीको विषयमा पनि छलफल भएको थियो । यसैगरी युवाहरूको लागि नेपालमा मेडिटेसन सेन्टर निर्माणको विषयमा पनि सकारात्मक छलफल भएको थियो। मि–रान ओलम्पिक्सकी गोल्ड मेडलिस्ट भारोत्तोलन खेलाडी र चार पटककी विश्व विजेता पनि हुन्।
कोरिया सरकारको निमन्त्रणामा दक्षिण कोरियाको औपचारिक भ्रमणमा रहेका मन्त्री श्रेष्ठले भोलि कोरियन स्पोर्ट्स एण्ड ओलम्पिक कमिटीका अध्यक्ष लि–की हुङ र वर्ल्ड तेक्वान्दो फेडरेसनका अध्यक्ष डाक्टर चुङवोङ चावोसँग  भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey