गुणराज विशेष प्रशिक्षणका लागि थाइल्यान्ड जाने

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१७
  • |
  • 566 पटक हेरिएको

मुवाँथाई खेलाडी गुणराज रुचाल विशेष प्रशिक्षणका लागि मंगलबार थाइल्यान्डको बैंकक जाने भएका छन्। एकमहिने विशोष प्रशिक्षण गुणराजले बुधबारदेखि सुरु गर्ने छन्। उनले बैंककस्थित टाइगर आई मिक्स मार्सल आर्ट्स एकेडेमीमा प्रशिक्षण गर्ने छन्।

प्रतियोगिता र प्रशिक्षणका लागि गुणराज थाइल्यान्ड जान लागेको यो १२ औं पटक हो। २०७१ सालदेखि मुवाँथाई खेल्न थालेका गुणराजले आफ्नो करियरमा ७ स्वर्ण र २ कांस्य पदक जितेका छन्। त्यसमा मुख्य उपलब्धी भनेको गत फागुनमा बैंककमै भएको १९ औं विश्व मुवाँथाई च्याम्पियनसिपमा जितेको स्वर्ण हो। 

उनले सेमी प्रोको पुरुष ५४ केजीमा स्वर्ण जितेका थिए। त्यो स्वर्ण नेपाली मुवाँथाईको इतिहासमा कुनैपनि खेलाडीले सेमी प्रोमा जितेको एक मात्र स्वर्ण हो। मुवाँथाईअघि गुणराजले सितोरियो कराते र आइकिडो खेलेका थिए। प्रशिक्षणका दौरान मिल्यो भने प्रतियोगिता पनि खेल्ने गुणराजले बताए।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey