एचके मडरर्सलाई राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिपको उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१६
  • |
  • 384 पटक हेरिएको

सुर्खेत । प्रथम राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिप २०८१ को उपाधि हेल नाइट (एचके) मडरर्सले जितेको छ । कर्णाली प्रदेशको सुर्खेत विरेन्द्रनगरमा शनिवार राति सम्पन्न फाइनल चरणमा लियो स्पोर्ट्सलाई पछि पार्दै एचके मडर्सस पब्जी मोबाईलतर्फको च्याम्पियन बनेको हो । दुवै टोलीले समान अंक जोडेपनि चिकेन डिनरका आधारमा एचके मडरर्स च्याम्पियन बनेको आयोजक ई स्पोर्ट्स एसोसिएनका सचिव आशिष दाहालले जानकारी दिए ।

च्याम्पियन बनेको एचके मडरर्सले २ लाख २५ हजार प्राप्त ग¥यो । दोस्रो भएको लियो स्पोर्ट्सले १ लाख ८० हजार पायो । यस्तै तेस्रो भएको फ्याभ फोरले १ लाख ८ हजार प्राप्त ग¥यो । पब्जी मोबाइलमा अन्तिम चरणमा प्रतिस्पर्धा गरेका १६ वटै टिमले नगद पुरस्कार प्राप्त गरेका थिए । जसको प्राईज पुल ९ लाख रुपैयाँ रहेको थियो ।

लियो स्पोर्ट्सका लिओ एक्स हैतदामी मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित भए । उनले टेक्नो पोभा–६ मोबाइल प्राप्त गरे । च्याम्पियनसिपमा तीन इभेन्ट समावेश गरिएको थियो । जसमा इ फुटबलको उपाधि गौरव पुडासैनीले जिते । यस्तै, मोबाइल लेजेण्ड्स (एमएलबीबी)को उपाधि टिम हाई भोल्टेजले जितेको थियो । पब्जी बाहेक बाँकी दुई इभेन्ट अनलाइनमा आयोजना भएको थियो । एमएलबीबीको प्राईज पुल २ लाख र ई फुटबलको प्राईज पुल एक लाख रुपैयाँ रहेको थियो ।

ई स्पोर्ट्स संघ नेपालको आधिकारिक गठन भएपछि पहिलो प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गरिएको हो । पहिलो पटक आयोजना भइरहेको ई राष्ट्रिय स्पोर्टस् च्याम्पियनसिपको छनोटमा पब्जीमा १३६ टिम, मोबाइल लेजण्ड्समा ४० टिम र ई फुटबलमा १९३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
विजेतालाई कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र सन्ज्याल, ईशानका अध्यक्ष अन्जन धमला, वरिष्ठ उपाध्यक्ष हिमबिक्रम केशी, सचिव बालकुमार केसी लगायतले पुरस्कृत गरेका थिए । सदस्य सचिव सन्जेलले आसन्न दशौं राष्ट्रिय खेलकुदमा ई स्पोर्ट्सलाई समावेश गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey