युथ फुटबल एकेडेमीका खेलाडीलाई घिमिरेले खेल सामग्री हस्तान्तरण गरे

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१६
  • |
  • 509 पटक हेरिएको

दीक्षान्स खड्का

हेटौँडा–५, पिप्लेस्थित पिप्ले युवा क्लबका अध्यक्ष सुविन घिमिरेले आफ्ना बुबा सुदर्शन घिमिरेको स्मृतिमा क्लबले सञ्चालन गरेको युथ फुटबल एकेडेमीका खेलाडीलाई जर्सीसहित खेल सामग्री हस्तान्तरण गरेका छन् । पिप्ले–क्याम्पा रंगशालामा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, वडा अध्यक्ष सुशील घिमिरेको उपस्थितिमा ५० हजार रुपैयाँ बराबरको खेल सामग्री हस्तान्तरण गरेका हुन् ।

घिमिरेले ३७ थान जर्सी सेट, फुटबल ८ थान, स्ल्यालोम पोल ६ थान, कोन मार्कर १०० थान, हर्डल्स १० थान हस्तान्तरण गरिएको छ । एकेडेमीमा १२ बर्षदेखि १६ बर्ष उमेर समूहका किशोर खेलाडीहरु नियमित प्रशिक्षणमा छन् । पिप्ले युवा क्लबले युथ फुटबल एकेडेमी सञ्चालन गरेर हरेक दिन बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म दुई घण्टा किशोर खेलाडीलाई पिप्ले–क्याम्पा रंगशालामा प्रशिक्षण गराउँदै आएको छ । निशूल्क रुपमा सञ्चालन गर्दै आएको एकेडेमीका अधिकांश किशोर खेलाडी ५ नम्बर वडाका छन् भने केही ४ नम्बर वडाका छन् । खेल सामग्री हस्तान्तरण कार्यक्रममा नगर उपप्रमुख राजेश बानियाँले पालिकाको समग्र बजेट कम भए पनि खेलकुदलाई प्राथमिकतामा राख्दै आएको बताए ।

हेटौँडा उपमहानगरपालिकाले अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना गर्ने योजना बनाएको जानकारी दिँदै पिप्ले युवा क्लबको आयोजनामा पनि राष्ट्रिय फुटबलको आयोजना गर्ने गरी बजेट विनियोजन गरिएको उपप्रमुख बानियाँले जानकारी दिए । उनले पिप्ले युवा क्लबको कुनै पनि प्रस्ताव अस्वीकृत नहुने प्रतिवद्धता व्यक्त गर्नुहुँदै पिप्ले युवा क्लबले हरेक बर्ष दसैंको अवसरमा आयोजना गर्ने टोलस्तरीय खसी गेमको प्रायोजन व्यक्तिगत रुपमा आफूले गर्ने पनि घोषणा गरे ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey