अब भारतीय क्रिकेट टिमको कप्तान को होला ?

Kelmi

  • एजेन्सी
  • |
  • २०८१-०३-१६
  • |
  • 4616 पटक हेरिएको

भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले सन् २०२४ को टी–२० विश्वकपको उपाधि जितेपछि सन्यासको घोषणा गरेका छन् । खेलपछि पत्रकार सम्मेलनमा रोहित शर्माले यो उनको अन्तिम टी–२० अन्तर्राष्ट्रिय खेल भएको र अब आफूले नखेल्ने बताए । रोहित शर्माको यो एक्कासी निर्णयले सबै अचम्ममा परेका छन् ।  रोहित शर्माको सन्यासपछि भारतीय टोलीको अर्को कप्तान को बन्छ ? चर्चा भने सुरु भइसकेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार हार्दक पाण्ड्या, ऋषभ पन्त र शुभमन गिलको चर्चा छ । 

१.हार्दिक पाण्ड्या

रोहित शर्माले सन्यास लिएपछि भारतीय टिमको कप्तान बन्ने दौडमा हार्दिक पाण्ड्या सबैभन्दा अगाडि छन् । उनलाई टी–२० विश्वकपका लागि भारतीय टोलीको उपकप्तान पनि नियुक्त गरिएको थियो र त्यसैले उनी भारतको अर्को कप्तान बन्ने अपेक्षा गरिएको छ । हार्दिक पाण्ड्याले कप्तानको रूपमा गुजरात टाइटन्सलाई आईपीएलमा च्याम्पियन बनाएका थिए  । आइपीएल टिम मुम्बइ इन्डियन्समा उनै रोहितलाई प्रतिस्थापन गरेर कप्तान भए पनि यस सिजन आइपीएल भने खराब रहेको थियो । तर, उनी धेरै वर्षदेखि भारतीय टोलीबाट खेल्दै आएकाले कप्तानको लागि उत्कृष्ट विकल्प हुनेछन् ।

२.ऋषभ पन्त

भारतीय टिमको कप्तानीका लागि ऋषभ पन्त पनि उत्कृष्ट विकल्प हुन सक्छन् । यसको कारण उनीसँग आईपीएलमा दिल्ली क्यापिटल्सको कप्तानी गरेको अनुभव रहेको छ । यसबाहेक उनी विकेटकिपर हुन् र विकेटको पछाडि बसेर खेललाई राम्रोसँग नियन्त्रण गर्न सक्छन्। उनी प्रायः बलरलाई टिप्स दिने गरेको देखिन्छ । उनीमा त्यो क्षमता छ र त्यसैले उनी कप्तानको दावेदार पनि हुन् ।

३. शुभमन गिल

रोहित शर्मा र विराट कोहली दुवैले भारतीय टी–२० टोलीबाट सँगै सन्यास लिएका छन् । जसका कारण शुभमन गिलका लागि ठाउँ खाली भएको छ र उनी टोलीमा छनोट हुन सक्नेछन् । शुभमन गिल पनि कप्तानको लागि राम्रो विकल्प हुन सक्छन् । उनी निकै शान्त खेलाडी हुन् र उनीसँग कप्तानीको अनुभव पनि छ । उनको ब्याटिङमा पनि प्रश्न चिन्ह छैन । उनीसँग एक्लै खेल जित्ने क्षमता छ । यसका लागि उनी पनि विकल्प हुन् ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey