युरोकपमा आज राती स्पेन र जर्जिया भिड्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१६
  • |
  • 404 पटक हेरिएको

काठमाडौँ । जारी युरोकप अन्तर्गत आज स्पेन र जर्जियाबीच खेल हुँदै छ । यो खेल नेपाली समय अनुसार राति १२; ४५ बजे देखि सुरु हुँदै छ ।

समूह बी मा रहेको स्पेनले समूह चरणका सबै खेल जितेर ९ अङ्कसहित शीर्ष स्थानमा रहेर नक आउट चरणमा पुगेको छ । त्यस्तै जर्जियाले समूह चरणमा ३ खेलमा ४ अङ्क हासिल गरेर तेस्रो हुँदै नक आउट चरणमा पुगेको छ ।

स्पेनले समूह चरणको पहिलो खेलमा क्रोएसियालाई ३-० ले, दोस्रो खेलमा इटालीलाई १-० ले र तेस्रो खेलमा अल्बानियालाई १-० ले पराजित गरेको थियो । त्यस्तै जर्जिया पहिलो खेलमा टर्कीसँग ३-१ ले पराजित भएको थियो भने दोस्रो खेलमा चेक रिपब्लिकसँग १-१ गोलको बराबरी खेलेको थियो । त्यस्तै तेस्रो तथा अन्तिम खेलमा पोर्चुगललाई २-० ले पराजित गरेको थियो ।

स्पेनले अहिलेसम्म तीन पटक युरोकपको उपाधि जितेको छ । स्पेनले १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो । त्यस्तै स्पेन १९८४ मा उपविजेता बनेको थियो ।  जर्जिया भने पहिलो पटक युरोकप खेलिरहेको छ र नकआउट चरणमा पुगेको छ । 

 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey