कोपा अमेरिकामा पानामा विजयी

Kelmi

  • एजेन्सी
  • |
  • २०८१-०३-१४
  • |
  • 382 पटक हेरिएको

कोपा अमेरिका फुटबलमा पानामाले घरेलु टोली अमेरिकालाई पराजित गरेको छ । शुक्रबार विहान सकिएको खेलमा पानामाले अमेरिकालाई  २–१ गोल अन्तरले पराजित गरेको हो । अमेरिकाको पहिलो हार हुँदा पानामाको पहिलो जित भएको छ । 

जर्जियामा भएको खेलमा घरेलु टोली अमेरिका १८ औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । टिमोथी वेहले फल गरेपछि भारको सहायतामा रातो कार्ड दिइएको थियो । १० खेलाडीमा समेटिए पनि अमेरिकाले २२ औं मिनेटमा सुरुआती अग्रता लियो । फ्लोरेन जेरी बोलोगनले एन्टोनी रोविनसनको पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।

१ गोलको अग्रता अमेरिकाले धेरैबेर भने जोगाउन सकेन । पानामका सिसर ब्ल्याकम्यानले २६ औं मिनेटमा बराबरी गोल गरेका थिए । जोसे फजार्डो नेल्सनले अब्दिएल अरमान्डो आयार्जा बोकेनेग्राकोे पासमा ८३ औं मिनेटमा गोल गरेपछि पानामा २–१ ले अघि बढेको थियो ।

८८ औं मिनेटमा अडाल्बर्टो केराक्किलाले रातो कार्ड पाएपछि पानामा पनि १० खेलाडीमा समेटिएको थियो । जितसँगै पानामाले पहिलो ३ अंक जोडेको छ । समूह सीमा पानामा तेस्रो स्थानमा छ भने पराजित भएको अमेरिका समान ३ अंकका साथ दोस्रो स्थानमा छ । यही समूहमा उरुग्वे पनि तीन अंकका साथ शीर्ष स्थानमा रहँदा बोलिभियाभने अंकविहीन हुँदै तालिकाको पुच्छारमा छ ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey