स्पेनलाई जर्जियाको चुनौती

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१६
  • |
  • 457 पटक हेरिएको

काठमाडौं । युरोकपको अन्तिम १६ मा उपाधि दावेदार स्पेनले जर्जियाको सामना गर्दैछ। 

जर्मनीको कोलोग्ने रंगशालामा यी दुई टोलीबीचको रोमाञ्चक भिड्नत नेपालीसमय अनुसार राति १२ः ४५ बजे देखि सुरु हुँदै छ।

समूह ‘बी’ को स्पेनले तीनै खेलमा जित हासिल गर्दै ९ अंकसहित शीर्ष स्थानमा रह्यो। यता समूह एफको अन्तिम खेलमा पोर्चुगलमाथि सनसनीपूर्ण जित हासिल गरे जर्जिया समान एक जित, हार र बराबरीको नतिजासहित चार अंक जोड्दै तेस्रो स्थानमा रह्यो।

स्पेनले क्रोसियालाई ३(० तथा इटाली र अल्बानियालाई समान १(० ले पराजित गरेको थियो। यसैगरी टर्कीसँग ३(१ ले पराजित भएको जर्जियाले चेक रिपब्लिकसँग १(१ को बराबरी खलेको थियो। यसैगरी जर्जियाले पोर्चुगललाई २(० ले पराजित गरेको थियो।

स्पेन र जर्जियाले हालसम्म सात खेलमा एक अर्काको सामना गरेका छन्। जसमा स्पेन ६ र जर्जिया एक खेलमा विजयी भएका छन्।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey