कोशीलाई हराउँदै लुम्बिनी समूह विजेता

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१३
  • |
  • 334 पटक हेरिएको

काठमाडौं । लुम्बिनी प्रदेश प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल प्रतियोगितमा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहिवार सम्पन्न खेलमा महिलातर्फ कोशी प्रदेशमाथि लुम्बिनी प्रदेशले ३-० को सेटमा जित हासिल गरेको हो।

लुम्बिनीले २५-१२, २५-१५ र २५-२१ को सेटमा सहज जित हासिल गर्यो।

जितसँगै समूह चरणको सबै खेल जितेको लुम्बिनी छ अंकसहित समूह ए मा शीर्ष स्थानम रह्यो।

यता पराजित कोशी भने समूह उपविजेता बन्दै सेमिफाइनलको यात्रा तय गरेको छ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey