कोहलीद्वारा सन्न्यासको घोषणा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१६
  • |
  • 1819 पटक हेरिएको

काठमाडौं । भारतीय टोलीका ओपनर विराट कोहलीले टी२० बाट सन्न्यासको घोषणा गरेका छन्।

भारतलाई १७ वर्षपछि आइसिसी टी२० विश्वकप जिताएसँगै उनले सन्न्यास लिएका हुन्।

‘यो सन्यास लिने सही समय हो। अब नयाँ पुस्ताले यो विरासतलाई अगाडि बढाउने समय आएको छ,’ उनले भने, ‘यो भारतका लागि मेरो अन्तिम टवान्टी–२० विश्वकप खेल थियो। हामी यसलाई हासिल गर्न चाहन्थ्यौं।’

प्रतियोगिताभर राम्रो प्रदर्शन गर्न नसकेका कोहलीले फाइनलमा ५९ बलमा ६ चौका र दुई छक्का प्रहार गर्दै ७६ रन बनाउँदै प्लेयर अफ द म्याच घोषित भएका थिए।

कोहलीले यही विश्वकपमार्फत सन्न्यास लिने कुरा ‘ओपन सिक्रेट’ थियो। ‘रोहित शर्माको यो नवौं विश्वकप थियो भने मेरो छैटौं टी२० विश्वकप थियो। पछिल्ला केही खेलमा मैले राम्रो प्रदर्शन गर्न सकिनँ। यस समयमा म भित्रका भावनाहरू बाहिर आउन सकेका छैनन्,’ उनले भने।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey