अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका फाइनल 

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१३
  • |
  • 354 पटक हेरिएको

काठमाडौं । अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पहिलो पटक आइसीसी टी२० विश्वकपको फाइनल प्रवेश गरेको छ।

वेस्ट इन्डिजको ट्रिनिडाडमा बिहिवार बिहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिका ९ विकेटले विजयी भएको हो।

अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा एक विकेट गुमाउँदै ६० रन बनायो।

दक्षिण अफ्रिकाका रिजा हेड्रिक्सले अविजित रहँदै सर्वाधिक २९ रन बनाए। २५ बल खेलेका उनले तीन चौका र एक छक्का प्रहार गरे।

कप्तान एडन मार्क्रम २३ रनमा अविजित रहँदा ओपनर क्विन्टन डी कक पाँच रनमा पेभिलियन फर्किए। अफगानिस्तानका फजलहक फारुकीले एक विकेट लिए।

त्यसअघि ब्रायन लारा स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाउँदै ५६ रन बनाएको थियो।

अफगानिस्तानका अजमतउल्लाह ओमरजाईबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। दक्षिण अफ्रिकाका मार्को यानसन र तबरेज शम्सीले समान तीन विकेट लिए। कगिसो रबाडा र अनरिख नार्खिऐको नाममा समान दुई विकेट रह्यो।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey