सेमिफाइनलमा अफगानिस्तानको खराब ब्याटिङ, ५६ रनमा अल आउट

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१३
  • |
  • 388 पटक हेरिएको

अफगानिस्तान दक्षिण अफ्रीकाविरुद्ध ५६ रनमा अल आउट भएको छ ।

जारी टी- २० विश्वकपको सेमिफाइनल खेलमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तान ११.४ ओभरमा ५६ रन बनाएर अल आउट भएको हो ।

अफगानिस्तानका लागि अज्मतुल्लाह ओमरजाईले सर्बाधिक १० रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ।

त्यस्तै दक्षिण अफ्रिकाका बलर मार्को जानसेन र ताब्रिज शाम्सीले सर्बाधिक ३-३ विकेट लिए भने कागीसो रबाडा र एनरिच नोकियाले २-२ विकेट लिएका थिए ।

    

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey