वेस्ट इन्डिज ९ विकेटले विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०८
  • |
  • 431 पटक हेरिएको

काठमाडौँ । आईसीसी टी–२० विश्वकप अन्तर्गत सुपर आठको खेलमा अमेरिकामाथि वेस्ट इन्डिजले विजयी हासिल गरेको छ।

अमेरिकाले दिएको १२९ रनको लक्ष्य वेस्ट इन्डिजले १०।५ ओभरमा मात्रै एक विकेट गुमाएर पूरा गर्यो।

वेस्ट इन्डिजको जितमा ओपनर ब्याट्सम्यान साई होपले उत्कृष्ट अर्धशतकीय पाली खेले। उनले अविजित ८२ रन बनाए। उनले आठ छक्का र चार चौका प्रहार गरे।

अर्का ओपनर जोन्सन चाल्र्स भने १५ रन बनाउँदा साई होप र जोन्सन चाल्र्सले ओपनिङ विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए। 

वेस्ट इन्डिजका लागि तेस्रो नम्बरका ब्याट्सम्यान निकोलस पुरनले अविजित २७ रनको योगदान गरेका थिए। 

त्यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाकाले १९.५ ओभरमा अलआउट हुनुअघि १२८ रन बनाएको हो। 

जितसँगै वेस्ट इन्डिजले सेमिफाइनल प्रवेशको सम्भावना जीवितै राखेको छ। लगातार दोस्रो हारसँगै अमेरिकाको सेमिफाइनल पुग्ने सम्भावना भने कमजोर बनेको छ। 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey