भारत विश्वकपको फाइनलमा, उपाधिका लागि दक्षिण अफ्रिकासँग खेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१४
  • |
  • 2554 पटक हेरिएको

काठमाडौं । भारत आइसीसी टी२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

वेस्ट इन्डिजको गयानामा भएको दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई ६८ रनले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो।

भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड १६.४ ओभरमा अलआउट हुँदै १०३ रन मात्र बनाउन सक्यो।

इंग्ल्यान्डका लागि ह्यारी ब्रुकले १९ बलमा २५ तथा कप्तान जस बटलरले १५ बलमा २३ रन बनाए। जोफ्रा आर्चरले १५ बलमा २१ तथा लियम लिविगंस्टनले १६ बलमा ११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन्।

बलिङतर्फ भारतका लागि अक्षर पटेल र कुलदिप यादवले समान तीन तीन तथा जसप्रित बुमराहले दुई विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो।

भारतका लागि कप्तान रोहित शर्माले ३९ बलमा ६ चौका र २ छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय ईनिङ खेले। सुर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४७ रन बनाए। तेस्रो विकेटका लागि शर्मा र यादवले ५० बलमा ७३ रनको साझेदारी गरे।

हार्दिक पान्ड्याले १३ बलमा २३ तथा रविन्द्र जडेजाले ९ बलमा अविजित १७ रन बनाए।

इंग्ल्यान्डका लागि क्रिस जोर्डनले तीन तथा जोफ्रा आर्चर, रिच टोप्ले, साम करन र आदिल राशिदले समान एक एक विकेट लिए।

जितसँगै अपराजित रुपमा भारत तेस्रो पटक फाइनल पुगेको छ। भारत अब उपाधिका लागि दक्षिण अफ्रिकासँग शनिबार खेल्नेछ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey