फेरि रोकियो भारत र इङ्ल्यान्डबीचकाे खेल

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१३
  • |
  • 578 पटक हेरिएको

काठमाडौं। आइसिसी टी-२० विश्वकपअन्तर्गत सेमिफाइन इङ्ल्यान्ड र भारतबीचको खेल रोकिएको छ।

आठ ओभर चलिरहँदा वर्षा सुरु भएपछि खेल रोकिएको हो। आठ ओभरको समाप्तिमा भारतले दुई विकेट गुमाउँदै ६५ रन बनाएको छ।

विराट कोहली नौ र ऋषभ पन्त चार रनमा आउट भइसकेका छन्। 

कप्तान रोहित शर्मा ३७ र सूर्यकुमार यादव १३ रनमा अविजित रहँदै क्रिजमा छन्। इङ्ल्यान्डका रिस टोप्ले र सैम करनले समान एक विकेट लिएका छन्।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey