टी–२० विश्वकप सेमिफाइनल : इंग्ल्याण्डले टस जित्यो

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१३
  • |
  • 531 पटक हेरिएको

आइसीसी टी–२० विश्वकप २०२४ को दोस्रो सेमिफाइनलमा आज भारतले साविक विजेता इंग्ल्याण्डको सामना गर्दैछ ।

यो खेल गुयानाको प्रोभिडेन्स स्टेडियममा केही समयमा सुरुहुने छ । भारतीय टोली यस प्रतियोगितामा अहिलेसम्म अपराजित छ ।

इंग्ल्याण्ड समूह चरणमा अष्ट्रेलियासँग र सुपर–८ मा दक्षिण अफ्रिकासँग पराजित थियो ।  

इंग्ल्याण्डका कप्तान जोस बटलरले भारतविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन् ।

कप्तान बटलरले प्लेइङ–११ मा कुनै परिवर्तन गरेका छैनन् । भारतले पनि कुनै परिवर्तन गरेको छैन ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey