राष्ट्रिय ई-स्पोर्ट्स च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१३
  • |
  • 377 पटक हेरिएको

सुर्खेत । पहिलो राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिपको सम्पुर्ण तयारी पुरा भएको छ।

आयोजक ई स्पोर्ट्स संघ नेपाल (ईशान) ले सुर्खेतको विरेन्द्रनगरमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो। कर्णाली प्रदेश ई स्पोर्ट्स संघ सह–आयोजक रहेको प्रतियोगिताको अन्तिम खेल शुक्रबार र शनिबार सुर्खेतमा सञ्चालन हुदैछ।
ईशानका सचिव आशिष दाहालले प्रतियोगिताको अन्तिम चरणमा छनोट भएका सम्पुर्ण खेलाडी सुर्खेत आईसकेको बताए।

पब्जी मोबाईल, मोबाईल लेजेण्ड्स र ई फुटबल समावेश गरिएको राष्ट्रिय च्याम्पियनसिपको छनोटमा पब्जीमा १ सय ३६ टिम, मोबाईल लेजण्ड्समा ४० टिम र ई फुटबलमा १ सय ९३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। मोबाईल लेजण्ड्स र ई फुटबलको फाइनल शुक्रबार अनलाईनमा हुनेछ भने पब्जी मोबाईलको फाईनल ल्यान ईभेन्ट शुक्रबार र शनिबार सुर्खेतमा हुने सचिव दाहालले बताए।

कुल पुरस्कार राशी १२ लाख रहेको प्रतियोगितामा पब्जी मोबाईलमा ९ लाख, मोबाईल लेजेण्ड्समा २ लाख र ई फुटबलमा एक लाख रुपैयाँ प्रदान गरिने छ। यस वर्ष कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौं राष्ट्रिय खेलकुदको प्रचार प्रसारलाई सहयोग पुर्याउने उद्धेश्यले पहिलो राष्ट्रिय प्रतियोगिताका लागि सुर्खेतलाई छनोट गरिएको संघका वरिष्ठ उपाध्यक्ष हिमबिक्रम केसीले बताए। उनले राष्ट्रिय प्रतियोगिताको आयोजनाबाट दशौं राष्ट्रिय खेलकुदमा ई स्पोर्ट्स प्राथमिकतमा पर्ने विश्वास ब्यक्त गरे।  

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सन्ज्यालले आधुनिक प्रविधिको खेल प्रतियोगिता कर्णालीमा हुनु सिंगो प्रदेशका लागि खुसीको विषय भएको बताए। कर्णाली प्रदेशमा रहेका ई स्पोर्ट्सका खेलाडीको आकर्षणलाई हेरेर प्रदेशले आयोजनामा सहयोग गरेको बताए। प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र कर्णाली प्रदेश ई स्पोर्ट्स संघले सहयोग गरेका छन्।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey