इङ्ल्यान्ड र भारतबीचको खेल रद्द भए के हुन्छ ?

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१३
  • |
  • 648 पटक हेरिएको

काठमाडौं । आइसिसी टी२० विश्वकपअन्तर्गत इङ्ल्यान्ड र भारतबीचको खेल पुन बर्षाको कारण रोकिएको छ।

आठ ओभर चलिरहँदा वर्षा सुरु भएपछि खेल रोकिएको हो। आठ ओभरको समाप्तिमा भारतले दुई विकेट गुमाउँदै ६५ रन बनाएको छ।

विराट कोहली नौ र ऋषभ पन्त चार रनमा आउट भइसकेका छन्। 

कप्तान रोहित शर्मा ३७ र सूर्यकुमार यादव १३ रनमा अविजित रहँदै क्रिजमा छन्। इङ्ल्यान्डका रिस टोप्ले र सैम करनले समान एक विकेट लिएका छन्।

दोस्रो सेमिफाइनलमा ‘रिजर्भ डे’ को व्यवस्था गरिएको छैन। वर्षाका कारण खेल अनिर्णित रहे ‘सुपर एट’को समूह दुईमा शीर्ष स्थानमा रहेको आधारमा भारतले फाइनलको टिकट काट्ने छ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey