पदक विजेता क्योकुसिन खेलाडी सम्मानित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१३
  • |
  • 416 पटक हेरिएको

काठमाडौं महानगरपालिका वडा १७ ले १८औं पुरूष तौलसमूह तथा १७ औं महिला खुल्ला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरेको छ।

नेपाल क्योकुसिन कराते डो संघ वज्रद्वारा आयोजित प्रतियोगिताको महिलातर्फ एपीएफका स्वर्ण विजेता अनिसा तामाङ, रजत विजेता सुमित्रा नगरकोटी, कास्य विजेता रिना माझी र वेष्ट फाइटर कविता मुक्तानलाई क्रमशः १० हजार, ५ हजार, २ हजार ५ सय र १ हजार ५ सय नगदसहित सम्मान गरियो।

कामनपा प्रवक्ता एवं १७ वडा अध्यक्ष नवीन मानन्धरले खेलाडीलाई एक कार्यक्रमबीच सम्मान गरे। सोही अवसरमा सिम्रिक युवा क्योकुसिन कराते डो संघ वज्रलाई ५ लाख रुपैयाँ बराबरको म्याट सहयोग स्वरुप हस्तान्तरण गरिएको थियो। प्रवक्ता मानन्धरले नेपाल क्योकुसिन कराते डो संघ वज्रका उपाध्यक्ष समेत रहेका सिम्रिका अध्यक्ष पुष्पमान माननन्धरलाई म्याट हस्तान्तरण गरे।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey