लोयल्टीको दुवै टोली क्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०७
  • |
  • 485 पटक हेरिएको

आयोजक लोयल्टी एकेडेमीको ‘ए’ र ‘बी’ दुवै टोली लोयल्टी कप एसइइ थ्री एक्स थ्री छात्र बास्केटबल प्रतियोगितामा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ।

अक्षरिकाको पनि ‘ए’ र ‘बी’ दुवै टोली क्वाटरफाइनलमा पुग्न सफल भयो। एन्ड वान, सेल्फ मेड, मनास्लु वल्र्ड कलेज र टाइम आउटले क्वाटरफाइनल यात्रा तय गरे।

प्रतियोगिताको प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ। विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । सहभागी सबैलाई छात्रवृत्तिको पनि व्यवस्था रहेको छ।

उद्घाटनका अवसरमा लोयल्टीका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फे, निर्देशक नन्दा सुब्बा, प्रिन्सिपल विरेन्द्र कुरुम्वाङलगायतको उपस्थिति रहेको थियो। प्रतियोगिता शनिबार सम्पन्न हुनेछ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey