अपराजित रहँदै सुदूरपश्चिम सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१३
  • |
  • 414 पटक हेरिएको

काठमाडौं । अपराजित रहँदै सुदूरपश्चिम प्रदेश प्रथम सहाना प्रधान स्मृति यु-१९ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ सेमिफाइनल प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद् (राखेप) कभर्डहलमा बिहीबार सम्पन्न समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिमले बागमती प्रदेशविरुद्ध ३-० को सोझो सेटमा जित हासिल गर्यो।

सुदूरपश्चिमले २५-२१, २५-१३, २५-१४ ले तीनै सेट आफ्नो पक्षमा पार्यो।

लगातार तेस्रो जितसँगै समूह ‘ए’ को सुदूरपश्चिमले तीन खेलमा नौ अंक जोडेको छ। पहिलो पराजय ब्यहोरेको बागमती पनि समान खेलबाट ६ अंकका साथ उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको छ।

यस्तै अब सेमिफाइनलमा सुदूरपश्चिमले गण्डकी र बागमतीले लुम्बिनीको सामना गर्नेछन्।

यसैगरी पुरुषतर्फ नै अर्को खेलमा मधेश प्रदेशलाई ३–० सेटमा हराउँदै कर्णाली प्रदेशले सान्त्वना जित हासिल गर्यो। 

कर्णलीले २५-१८, २५-२२, २५-२० को सेटमा जित हासिल गरेको हो।

यसैगरी महिलातर्फको सेमिफाइनलमा लुम्बिनीले गण्डकी र कोशीले बागमतीसँग प्रतिस्पर्धा गर्नेछन्।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey