अतिथी बाँसगढी प्रिमियर लिग सुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१५
  • |
  • 487 पटक हेरिएको

बाँसगढी क्रिकेट क्लबको आयोजनामा बाँसगढी नगरपालिकामै पहिले पटक लिलामीमा आधारित फ्रेन्चाइज क्रिकेट लिग, अतिथी बाँसगढी प्रिमियर लिग २०८१ आज एक कार्यक्रमका विच बाँसगढी नगरपालिकाका नगर प्रमुख खड्क बहादुर खड्का गरेका छन् ।

आज लिगका दुई वटा खेल सम्पन्न भएको छ ।आज बिहान भएको पहिलो खेलमा पशुपति वारियर्सले बाँसगढी राईनोज बिरुद्धको खेलमा टस जित्दै १५.४ ओभरमा सम्पुर्ण विकेट गुमाएर ५० रन जोड्न सफल भएको थियो। जवाफी ब्याटिङमा उत्रेको बाँसगढी राइनोजले ८.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टाउदै ६ विकेटको जित हासिल गरेको थियो। बाँसगढी राइनोजको जितका लागि बलिउड तर्फ ४ ओभरमा ७ रन खर्चिएर ५ विकेट तथा व्याटिङमा २० रन जोड्न सफल निसान्त आचार्य धौलागिरी म्यान अफ दि म्याच भएका थिए ।

त्यसैगरी आजको दोश्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बाँसगढी रोयल टाइगर्सले  २० पुरा ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १०८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको ककौरा सुपर किङ्सले १९ औभरमा ९ विकेट गुमाउँदै लक्ष्य भेट्टाउदै १ विकेटले जित हासिल गरेको थियो ।

ककौरा सुपर किङ्सको जितमा प्रेम वलीले बलिङतर्फ ४ ओभरमा ११ रन खर्चिएर ३ विकेट र ब्याटिङ तर्फ १९ बलमा ३० रन प्रहार गर्दै धौलागिरी म्यान अफ दि म्याच अवार्ड हात पारेका छन।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey