सामाजिकले मनोहरासँग अंक बाढ्यो

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२७
  • |
  • 543 पटक हेरिएको

काठमाडौँ । मनोहरा युनाइटेड यूथ क्लबले शहिद स्मारक  ‘सी’ डिभिजन लिगमा सामाजिक युवा क्लबसँग अंक बाढ्दै शीर्ष दुईमा उक्लिने मौका गुमाएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स बिहीबार सम्पन्न दोस्रो खेलमा सामाजिक युवा क्लबसँग १९१ गोलको बराबरीमा रोकिएसँगै मनोहराले अंक तालिकामा आफ्नो स्थान सुधार गर्ने मौका गुमाएको हो।

जारी सिजन यो बराबरीसँगै ७ खेल खेलेको मनोहरा १३ अंकसहित तेस्रो स्थानमा पुगेको छ। समान अंक भएपनि बागमती यूथ क्लब गोल संख्याको आधारमा अगाडि रहँदै दोस्रो स्थानमा यथावत् छ।

सामाजिकको भने ७ खेलबाट ९ अंक पुगेको छ। सामाजिक सातौँ स्थानमा छ। 

खेलको ६७औँ मिनेटमा पुजन चौधरीले गोल गर्दै मनोहरालाई शुरूआती अग्रता दिलाएका थिए। तर, त्यसको एक मिनेटपछि नै बसन्तबहादुर रानाले गोल गर्दै सामाजिकलाई खेलमा फर्काए।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey