अल नासरको जितमा ब्रोजोभिक र रोनाल्डोको गोल
- नेप्लेज
- |
- २०८१-०१-२८
- |
- 1726 पटक हेरिएको
काठमाडौँ । साउदी प्रो लिगमा अल नासर विजयी भएको छ।
प्रिन्स हातलौल स्पोर्ट्स सिटीमा बिहिवार राति सम्पन्न खेलमा अल नासरले अल अखदौदलाई ३-२ गोलले पराजित गरेको हो।
अल नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले १ गोल गर्दा मार्सेलो ब्रोजोभिकले २ गोल गरे। यता, अखदौदको लागि हसन अल हबीब र साभिओर गोडविन गरेको गोल सान्त्वना बन्यो।
खेलको सातौँ मिनेटमा ब्रोजोभिकले गोल गर्दै नासरलाई शुरुआती अग्रता दिलाएका थिए। १५औँ मिनेटमा रोनाल्डोले गोल गरेपछि नासर खेलमा २-० ले अघि बढ्यो। ६०औँ मिनेटमा हबीब र गोडविनले गोल गरेपछि खेलमा २-२ को बराबरी अबस्थामा आयो। तर, खेलको अतिरिक्त समयको पहिलो मिनेटमा ब्रोजोभिकले गोल गरेपछि अल नासर ३-२ ले विजयी भयो।
जितसँगै नासरले जारी सिजन ३१ खेलबाट ७७ अंक जोडेको छ।