एटलान्टा युरोपा लिगको फाइनलमा, उपाधिका लागि लेभरकुसेनसँग खेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२८
  • |
  • 462 पटक हेरिएको

काठमाडौँ । इटालियन सिरी ए क्लब एटलान्टा यूईएफ युरोपा लिगको फाइनलमा पुगेको छ।

गेविस स्टेडियममा शुक्रबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा पाहुना टोली मार्सेलीलाई ३-० पराजित गर्दै एटलान्टा उपाधिनजिक पुगेको हो। समग्रमा एटलान्टा ४-१ ले विजयी भयो।

पहिलो लेग १-१ गोलको बराबरीमा सकिएको थियो। एकपक्षीय बनेको खेलको ३०औँ मिनेटमा एडेमोला लुकम्यानले गोल गर्दै एटलान्टलाई शुरूआती अग्रता दिलाएका थिए। उनले चार्ल्स डे केटेलेरको पासमा गोल गरे।

५२औँ मिनेटमा लुकम्यानको पासमा म्याथ्यु रुगेरीले गोल गर्दै अग्रता दोब्बर बनाए। दोस्रो हाफको इन्ज्युरी समयको पाँचौँ मिनेटमा बिलाल टुरेले गोल गर्दै एटलान्टालाई ३-० ले विजयी बनाए। अब एटलान्टाले उपाधिका लागि जर्मन क्लब बायर लेभरकुजनसँग खेल्ने छ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey