एन्फा अन्तरकलेज फुटसल : विजेतालाई पाँच लाख, १६ टोली सहभागि

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१३
  • |
  • 513 पटक हेरिएको

काठमाडौँ । एन्फा अन्तरकलेज फुटसल च्याम्पियनसिपको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार बैशाख २२ शुरू हुने प्रतियोगिताको उपविजेतालाई ३ लाख, सर्वोकृष्ट खेलाडीलाई ५० हजार तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई २५/२५ हजार रुपैयाँ प्रदान गरिने छ।

यसअघि एन्फाले २४ टोलीलाई सहभागिता गराउने बताए पनि १६ टोलीले मात्र नाम दर्ता गरेका छन्। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ।

प्रतियोगितामा प्लस २ र ब्याचलर अध्ययनरत विद्यार्थीले भाग लिन पाउनेछन्। एन्फाले बैशाख ४ गतेसम्म टिम दर्ता गर्न पाउने गरी आवेदन फारम खुलाएको थियो।

प्रतियोगिताका खेलहरू लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको हलमा हुने एन्फाले जनाएको छ।

प्रतियोगिताका लागि करिब ३० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ।

प्रतियोगिताको टाइटल स्पन्सर, व्यावसायिक, डिजिटल र प्रसारण लगायतका सम्पूर्ण अधिकार प्याराडाइम ग्रुप प्राली (प्याराडाइम स्पोर्टस नेटवर्क) लाई दिइएको छ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey