विश्वकपको संघारमा क्यानमा विवाद !

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२३
  • |
  • 1760 पटक हेरिएको

 

नेपाल क्रिकेट संघ क्यानका विवाद देखिएको छ । आइसीसी टी–२० विश्वकप क्रिकेट खेल्नका लागि नेपाली टिम प्रस्थान गर्ने सबै कुरा भइसकेपछि क्यानले बोर्ड बैठक बोलाएपछि बोर्डका केहीले वैठक बहिष्कार गरेका छन् । 

नेपाल क्रिकेट संघमा नेतृत्वले एकलौटी गर्न थालेको भन्दै वोर्ड बैठक बहिष्कार गरेको जनाएका छन् । अघिल्लो दिन स्थगित भएको बोर्ड बैठक एकाएक बोलाएपछि असन्तुष्ट भएकाहरु बैठककमा अनुपस्थित भएका हुन् । 

अमेरिका र वेस्टइन्डिजमा हुन लागेको आइसीसी टी २० विश्वकप खेल्नका लागि नेपाली टोली शनिबार राति (आइतबार विहान २ बजे) प्रस्थान गर्ने तय भइसकेपछि बोर्ड बैठक बोलाइएको थियो । 

विश्वकप खेल्ने टिमको तयारीका बारेमा पहिला नै छलफल गर्नु पर्नेमा अन्तिम समयमा सबै कुरा भएपछि आफूहरुलाई बाइपास गरेकाले बैठकमा सहभागि नभएको उनीहरुको तर्क छ । क्यानका सदस्य दुर्गाराज पाठकले पटक पटक सचिवको अमेरिका भ्रमण संस्थागत कि व्यक्तिगत भनेर सोध्दा जवाफ नआएको, अन्य कुराहरु पनि पारदर्शी नभएकाले वहिष्कार गरेको उनले बताए । क्यानको बोर्ड बैठक हायातमा डाकिएको थियो ।

‘नेपाल क्रिकेट संघको आगामी बैठक नेपाल क्रिकेट संघको केन्द्रीय कार्यालयमा सार्वजनिक बिदा नभएको दिनमा गर्न अनुरोध गर्दछु । अबको बैठक बस्दा आजसम्मको सम्पुर्ण आयव्ययको हिसाबकिताब र वैक स्टेटमेट सहित उपस्थित हुन अनुरोध गर्दछु । यदि पेलेर  मिटिङ्ग राख्नु भएमा सो मिटिङ्ग मा उपस्थित नहुने साथै बहिस्कार गर्ने जानकारी गराउदँछु ।’ भन्दै पाठकले नेतृत्वको ध्यानाकर्षण गराएको तर सुनुवाई नभएको बताए ।

यसैगरी सार्वजनिक विदा बाहेकको दिनमा केन्द्रीय कार्यालय मूलपानीमा बैठक बस्नुको साटो होटेलमा राख्ने विषयमा पनि आफ्नो आपत्ति रहेको बताए । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey