मेस्सी र स्वारेज चम्किँदा मियामीको सहज जित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२३
  • |
  • 350 पटक हेरिएको

काठमाडौँ । कप्तान लियोनल मेस्सी र लुइस स्वारेज चम्किँदा अमेरिकन मेजग लिग सकर अन्तर्गत इन्टर मियामीले एनवाइ रेड बुल्समाथि साहज जित हासिल गरेको छ।

आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले एनवाई रेड बुल्सलाई ६-२ गोल अन्तरले पराजित गरको हो।

इन्टर मियामीको जितमा लुइस स्वरेजले ह्याट्रिक पूरा गरे। त्यस्तै यस खेलमा माटियास रोजासले २ तथा लियोनेल मेस्सीले १ गोल गरेका थिए। यस खेलमा मेस्सीले ५ गोल असिस्ट गरेका थिए। त्यस्तै रेड बुल्सका लागि दान्टे फोर्सबर्ग र एमिल फोर्सबर्गले १/१ गोल गरेका थिए।

यो जितसँगै लिगको इस्टर्न कन्फेरेन्समा इन्टर मियामीको १२ खेलमा २४ अंक भएको छ र शीर्ष स्थानमा रहेको छ। पराजित एनवाई रेड बुल्सको ११ खेलमा १७ अंक रहेको छ र चौथो स्थानमा छ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey