सन्दीपको मुद्दा निरौला र ढुङ्गेलको इजलासमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२३
  • |
  • 582 पटक हेरिएको

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ ।

जिल्ला अदालत, काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गा प्रसाद ढुङ्गेलको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

यस अघि पटक पटक 'हेर्न नभ्याइने' मा परेको यो मुद्दा आज तेस्रो स्थानमा रहेको छ ।

यस मुद्दामा यस अघि झगडिया झिकाउन र गौशालाको जन्म मितिको विवरण झिकाउन आदेश दिइएको थियो । 

काठमाडौँ अदालतले सन्दीपले जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो । सन्दीप यही फैसला विरुद्ध उच्च अदालत गएका हुन । त्यस्तै जिल्ला अदालतको फैसलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय पनि उच्च अदालतमा पुनरावेदनमा गएको छ । उच्च अदालत पाटनले दुवै पुनरावेदनलाई एक साथ सुनुवाइ अगाडी बढाएको छ ।  

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey