रोनाल्डोको ह्याट्रिकमा अल नासरको सहज जित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२३
  • |
  • 2042 पटक हेरिएको

काठमाडौँ । भेट्रान्स फरवार्ड तथा कप्तना क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेको खेलमा अल नासर साउदी प्रो लिगमा सहज जित हासिल गरेको छ। 

अल नासरको घरेलु मैदान किंग साउद युनिभर्सिटी रंगशालामा शनिबार राति सम्पन्न खेलमा नासरले पाहुना टोली ल-वेह्दा एफीलाई ६-० गोलले पराजित गरेको हो। 

अल नासरको जितमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाटिभो, साडियो माने र मोहमद अल फातीले समान १/१ गोल गरे। 

जितसँगै जारी सिजन ३४ खेलबाट ७४ अंक जोडेको अल नासर दोस्रो स्थानमा यथावत रहेको छ। 

खेलको पाँचौँ, १२औँ र ५२औँ मिनेटमा गोल गर्दै रोनाल्डोले आफ्नो करिअरकै ६६औँ ह्याट्रिक पूरा गरे। उनले जारी सिजन ५२ खेलमा ५२ गोलका साथै १२ असिस्ट गरेका छन्। 

ओटाटिभोले १८औँ, मानेले ४५औँ र अल फातीले ८८औँ मिनेटमा गोल गर्दै नासरलाई सहज जित दिलाएका थिए। 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey