जिरोनासँग पराजित बार्सिलोना तेस्रो स्थानमा झर्‍यो

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२३
  • |
  • 528 पटक हेरिएको

काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोनालाई पराजित गर्दै जिरोना दोस्रो स्थानमा उक्लिएको छ।

शनिबार राति सम्पन्न खेलमा घरेलु टोली जिरोनाले बार्सिलोनालाई ४-२ गोल अन्तरले पराजित गरेको हो। जिरोनाको जितमा क्रिस्टियन पोर्चुले २ गोल गरे।

यस्तै, मिगुएल गुटेरेज र आर्टेम डोभविकको नाममा १/१ गोल रह्यो। बार्सिलोनाका एन्ड्रेस क्रिस्टियन्सन र रोबर्ट लेवान्डोस्कीले गोल फर्काए पनि बार्सिलोनाका लागि प्रयाप्त हुन सकेन।

यो जितसँगै ३४ खेलबाट ७४ अंक जोड्दै जिरोना शीर्ष दुईमा उक्लिएको छ। समान खेलबाट ७३ अंक रहेको बार्सिलोना तेस्रो स्थानमा झरेको छ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey