कर्पोरेट बास्केटबल शनिवार र आइतबार हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१३
  • |
  • 470 पटक हेरिएको

काठमाडौं । गेटसेटगेमको आयोजनामा आगामी शनिवार र आइतबार न्युब्यालेन्स थ्री एक्स थ्री कर्पोरेट बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ। 

माम्बा स्पोर्ट्स सेन्टरमा यही अप्रिल २७ र २८ तारिखमा हुने प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ ४ टिमको सहभागिता हुनेछ। पुरुषतर्फ लिगकम नकआउट र महिलातर्फ सिंगल राउण्ड रोविनका आधारमा खेल खेलाइने प्रतियोगिताको निर्देशक श्रेया खड्काले जानकारी दिइन्। 

कर्पोरेट क्षेत्रमा लागेकाहरुलाई खेलकुदको मनोरञ्जन दिने र रिक्रिएसनका लागि यस प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ।प्रतियोगितालाई नेपाल बास्केटबल संघ (नेबा) ले पनि सहयोग गरेको छ। यस्तै अन्य सहयोगीमा जी क्याफे, भाटभटेनी, न्युट्रब्लेन्ड, एरोज सोलुसन, सुश्री मिडिया तथा हाइड्रेसन पार्टनर अक्वाफिना, फुट पार्टनरमा पेप पिजा छन्। रमोसन पार्टनर एड्भेन्चर डिजिटल रहेको छ। 

प्रतियोगितामा पुरुषतर्फ एकबाना सोलुसन्स, एजाइल सोलुसन्स, एफ वान सफ्ट ग्रुप, क्विनीभर्स, डोग्मा ग्रुप, क्लाउड फ्याक्ट्री, नेपाल इनभेष्टमेन्ट मेगा बैँक, भाटभटेनी, पेपे पिजा, हिमालयन जाभा, इजी सर्भिस, लोगो प्वाइन्ट, आइएमई पे र स्वीफ्ट टेक्नोलजी छन्। यस्तै महिलातर्फ नेपाल इनभेष्टमेन्ट मेगा बैँक, क्विनीभर्स र आइएमई पे सहित रेडक्ट नेपाल छन्। 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey