महिला भलिबलमा एपीएफको लगातार दोश्रो जित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१३
  • |
  • 362 पटक हेरिएको

एपीएफ क्लबले सातौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बिहीबार लगातार दोश्रो जित हात पारेको छ ।

केएनपी नेरोलेकको मुख्य प्रायोजनमा शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा एपीएफले नेपाल आर्मीलाई २५-२३, २५-२३, १३-२५, १४-२५ र १५-९ ले पराजित गर्‍यो । एपीएफकी निरुता ठगुन्ना ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् । दुई खेलमा आर्मीको भने लगातार हार हो । पहिलो दिन बुधबार आर्मी न्यु डायमन्डसंग ३-१ ले पछि परेको थियो ।

नेपाल प्रहरी क्लबले पहिलो जित दर्ता गर्‍यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा प्रहरीले साविक विजेता न्यु डायमन्डलाई १८-२५, २५-२२, २५-२२ र २५-१८ को सेटमा हरायो । पहिलो खेलमा प्रहरी एपीएफसंग ३-१ ले चुकेको थियो । दुई खेलमा न्यु डायमन्डको पहिलो हार हो । प्रहरीकी कोपिला राना ‘प्लेयर अफ दि म्याच’ बनिन् ।

 प्रतियोगिताअन्तर्गत शुक्रबार २ खेल हुनेछ । पहिलो खेलमा प्रहरीले आर्मीको सामना गर्ने छ भने दोश्रोमा न्यु डायमन्डले एपीएफ विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

 

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey