सिटीको जितमा हालान्ड एक्लैले गरे चार गोल

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२३
  • |
  • 450 पटक हेरिएको

काठमाडौँ । एर्लिङ हालान्ड एक्लैले चार गोल गरेपछि म्यानचचेस्टर सिटी इङ्लिस प्रिमियर कपको उपाधि दौडमा पुनस् फर्किएको छ।

घरेलु मैदान इतिहाद स्टेडियममा शनिबार राति सम्पन्न खेलमा सिटीले पाहुना टोली उल्भ्सलाई ५-१ गोल अन्तरले पराजित गरेको हो। 

जितसँगै सिटीले शीर्ष स्थानमा रहेको आर्सनलसँगको अंक दूरी १ मा झारेको छ। जारी सिजन ३५ खेल खेलेको सिटीको ८२ अंक रहेको छ। एक खेल बढी खेलेको आर्सनलको ८३ अंक रहेको छ।

३५ खेल खेलेको लिभरपुल भने ७५ अंकसहित तेस्रो स्थानमा रहेको छ। पराजित उल्भ्स ३६ खेलबाट ४६ अंक जोड्दै ११औँ स्थानमा यथावत् रहेको छ।

खेलमा हालान्डले १२औँ र पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा पेनाल्टीमार्फत गोल गरे। यस्तै, ३५ र ५४औँ मिनेटमा पनि उनले गोल गरे। ८५औँ मिनेटमा जुलियन अल्भारेजले गोल गरे।

उल्भ्सका लागि एकमात्रै गोल ह्याङ हेचानले ५३औँ मिनेटमा गरेका थिए।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey